सर्केगाड बजारको झोलुङ्गे पुल जीर्ण बन्दै आवतजावतमा समस्या बढ्दै

सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाड बजारको कर्णाली नदीमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै जाँदा आवतजावतमा समस्या बढ्दै गएको स्थानीयले बताउने गरेका छन् । २०४० सालमा निर्माण भएको उक्त नदीको झोलुङ्गे पुल मर्मतका लागि कोही कसैले चासो नदिँदा जीर्ण बन्दै गएको स्थानीय तथा साँया स्वास्थ्यचौकीका इन्चार्ज बबरजङ पालले बताउनुभयो । सर्केगाड झोलुङ्गे […]

हुम्लाका किसान रातदिन नभनी कात्तिके बाली भित्र्याउदैं

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका किसानलाई कात्तिके बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । किसानहरू यतिबेला फागुन चैतमा लगाएको बाली कोदो, चिनो, कागुनो, सिमी, फापरलगायतका कात्तिके बाली भित्र्याउन थालेका छन् । वर्षको एक बाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्र्याउन किसान व्यस्त छन् । असोज कात्तिकमा भित्र्याएको कात्तिके अन्नले हिउँदको छ महिना घरपरिवारको हात मुख […]

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–३ राम गाउँमा माटोको ढिस्कोमा परी दुई जनाको मृत्युभएको छ । बुधबार विहान दशैँका लागि घर सजावट गर्न माटो खन्नेक्रममा सोही ढिस्कोमा परी गाउँपालिका रोजगार शाखाका प्राविधिक सहित दुई जनाको मृत्युभएको ताँजकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताउनुभयो । गाउँपालिका रोजगार शाखा सहसंयोजक रहेका प्राविधिक रामगाउँका धुब्र […]

सिमकोट बजार अनुगमन पाँचवटा पसल कारबाहीमा

सिमकोट । आइतबार सदरमुकाम सिमकोटमा रहेका दशवटा पसल अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा पाँचवटा पसल कारबाहीमा परेका छन् । कारबाहीमा परेका पाँचवटा पसल व्यवसायीलाई रु पाँच हजारका दरले कारबाही स्वरुप अनुगमन टोलीले जरिवाना लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको नेतृत्वमा सिमकोट बजार अनुगमन गरिएको छ । चारवटा वटा पसललाई […]

असारे विकासमा तातिने कार्यालय प्रमुखलाई कटिबद्ध हुन सर्वदलीय संयन्त्रको सुझाव

सिमकोट । विहिबार सदरमुकाम सिमकोट हुम्ला जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखसँग जिल्ला स्थित राजनितिक दलहरुले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रगति समिक्षा गरेका छन् । राष्ट्रिय मान्यता प्राप्त हुम्लामा रहेको राजनितिक दलको सर्वदलीय संयन्त्रले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखसँग छलफल गरेका हुन् । सधै असारमसान्तको समयमा मात्रै कागजी विकासको मुख ताक्ने यहाँका कार्यालय […]

याङगार गाउँका तीस घरधुरी दुषित पानी खान बाध्य

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ याङगार गाउँमा यतिबेला खानेपानीको समस्या निम्तिएको छ । तीस वटा घरधुरी रहेको याङगार गाउँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या झेल्दै आउनु परेको गुनासो गरेका छन् । सडक निर्माणका क्रममा डोजरले पानीको पाइप लाइन नै काटि दिएपछि गाउँमा खानेपानीको समस्या निम्तिएको स्थानीय छोमु लामाले बताउनुभयो । बाटो निर्माण गर्दा भौतीक […]

चंखेलीमा जीप दुर्घटना पाँच जना सख्त घाइते

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार विहान आठ बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना सख्त घाइते भएका छन् । कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक […]

हुम्लामा मनाइयो साउने पूर्णिमा मेला

सिमकोट । हिमाली जिल्ला हुम्लाको ठूलो पूर्णीमाका रुपमा मनाइने साउन पुनी (जनै पूर्णीमा) धुमधामका साथ मनाइएको छ । साउन शुक्ल पूर्णीमाको अवसरमा चतुदर्शीको दिन देखि मनाउन शुरु हुने साउने पुर्णीमा जिल्लाभरका रामपा, बाडपाल, कालाशिल्ता, मदना, मष्टो देवताका माडु (मन्दिर)मा पुजाआजा र धामी नाचेर मनाइएको छ । जिल्लाका विभिन्न गाउँवस्तीमा स्थापना गरिएका देउताका माडुहरूमा धामी नाचेर […]

महिना दिनदेखि रायाका स्थानीय टेलिफोन सेवा पाउनबाट बन्चित

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका नागरीक झण्डै महिना दिनदेखि टेलिफोन सेवाबाट बन्चित भएका छन् । यति लामो सयमसम्म अवरुद्ध भएको टेलिफोन सेवा मर्मतका लागि सम्बन्धित पक्ष नेपाल टेलिकम हुम्लाले व्यवास्था गरेको यहाँका नागरीकको गुनासो छ । राया गाउँको ठानाकोटमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध हुँदा खार्पुनाथ गाउँपालिकाको चार वटा वडाका […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]