
सिमकोट । सदरमुकाम सिमकोटमा हक्की खेल मैदानको निर्माण कार्यका लागि सिलान्यास गरिएको छ । कर्णाली प्रदेश खेलकुद बिकास परिषदको लगानीमा हुम्ला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नका लागि उक्त खेल मैदान निर्माणका लागि सिलान्यास कार्यक्रम गरिएपछि खेल प्रतियोगिता हुने भएको हो । कर्णाली प्रदेशका पुर्बमुख्यमन्त्री जीवन बहादुर शाहीले एक कार्यक्रमकाबिच खेल मैदानको सिलान्यास गर्नु भएको हो । […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले आफ्नो छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ । दुई वर्षअघि ११ वर्षकी माया विक छतबाट लडेर घाइते भइ एक खुट्टा भाँचिएको थियो । उपचारका लागि घरपरिवारमा आर्थिक नभएका कारण उपचार नपाएर विकको अहिले भाचिएको खुट्टा बांगिएको छ । भने उमेर बढ्दै जाँदा हिडडुलमा […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोरख लामाले खाद्यान्न सामग्री सहयोग गर्नु भएको छ । दुई सय पन्ध्र घरधुरी रहेको वडा १ मा एक सय घरधुरीलाई पाँच केजी आटो, पाँच केजी नुन र एक लिटर (दुई प्याकेट) तेल सहयोग गर्नु भएको छ । वडाध्यक्ष लामा आफु निर्वाचीत भएदेखि अहिलेसम्म बिस महिनाको पारिश्रम सरकारबाट आएको […]
सिमकोट । सधै खाद्यान्न अभाव झेलीरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने पर्याप्तमा मात्रमा रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापारबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेली रहनु परेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार, आर्थिक वर्ष २०८०÷८१ लगि स्वीकृत भएको १४ […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेका सिमकोट गाउँपालिका–८ स्याडा गाउँका पाँच जना जेष्ठ नागरीकलाीई न्यानो कपडा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाको आह्वान,जेष्ठ नागरीकलाई सम्मान् कार्यक्रम अन्तरगत वडाभित्र रहेका दलित, महिला, अतिविपन्न र जेष्ठ नागरीक गरीक पाँच जनालाई न्यानो कपडासहित सम्मान गरिएको वडाध्यक्ष कमल बुढाले बताउनुभयो । ट्याकसुट, टाउजर र टोपी प्रतिव्यक्ति एक–एका दरले वितरण गरिएको […]
सिमकोट । आयोडिनयुक्त नुनको प्रवद्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई आयोडिन मन्थका रुपमा हुम्लाका स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन सुरुआत गरेका छन् । यो कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित सम्बन्धित निकायको रहेकाले जिल्लाको ताँजकोट गाउँपालिकामा विभित कार्यक्रम गरी मनाइएको छ । ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न […]
मुगु । मुगु जिल्ला खत्याड गाउँपालिकाका सम्पुर्ण अपाङ्गता भएका ‘क’ बर्गका ६ जना बालबालिकाहरुलाइ बाल बिकास समाजको सहयोग, हामी नेपालको प्राविधिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा सोही संस्थाका प्रतिनिधि अनिल बानियाको अध्यक्षतामा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको उपस्थितीमा अपाङ्गता भएका बालबालिकालाइ व्हीलचियर हस्तान्तरण गरिएको छ । अपाङ्गता भएका बालबालिकाहरुको नाम बाचन गरेर प्रमुख अतिथि […]
सिमकोट । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत हिमाली जिल्ला हुम्लाको एक मात्रै सिमकोट गाउँपालिका छनोट भएको छ । जिल्लामा सातवटा स्थानीय तह भएपनि सदरमुकाममा रहेको सिमकोट गाउँपालिका छनोट भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यक्रमका लागि सिमकोटलाई छनोट गरेको हो । उक्त कार्यक्रम अन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योग लगायतका […]
सिमकोट । गएको कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्प पिडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक-एक लाख आर्थिक सहयोग गरेको छ । भुकम्पमा परी ज्यान गुमाएका र पिडित परिवारलाई आर्थिक सहयोग स्वरुप सिमकोट गाउँपालिकाले विहिबार बिहान जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत चेक हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेललाई […]