हुम्लामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशितरुपमा आकाशियको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो । दशैँ यता देखि निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामाग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार,मसला तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक […]

दसैँमा मदिरा बिक्री बन्द

काठमाण्डौं । कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर […]

दलित समुदायलाई दसैँ मनाउन समस्या

सिमकोट । हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन्। दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ । ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरे। उनले भने,“ म सधै कमाई गर्न […]

हिल्सा नाका खोल्न माग, यो वर्ष दसैँ महँगियो

सिमकोट: छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् । कोभिड– १९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् । सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग […]

दशैँ तिहार लक्षित गरेर सिमकोट बजार अनुगमन

सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले नजिकिँदैं गरेको दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले चाडपर्वमा बढी सामानको माग र खपत हुने भएको हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या नहोस् भन्ने उदेश्यका साथ अनुगमनलाई तीव्रता दिएको हो । […]

रैथाने खेतीमा जोड दिँदै जुम्लाका किसान

जुम्ला । पछिल्लो समयमा जुम्लाका किसान रैथाने खेतीलाई जोड दिँदै आएका छन् । उत्पारिवर्तशिल बाली प्रजनन (इपिबी) परियोजनाले यहाँको किसानलाई रैथाने खेतीदेखी अन्य अर्गानिक बाली उत्पादन र संरक्षणमा लागेपछि सो खेतीमा किसान आकर्षणदेखी रैथाने बाली संरक्षणमा जुटेको यहाँको तातोपानी गाउँपालिकाका किसान बताउँछन् । लोपोन्मुख जुम्लाको कालीमार्सी धान,चिनो कागुनो,कोदो र सिमी लगायतका रैथाने बालीको सरक्षणमा किसान […]

हिमाली पारीका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ मा रहेको जाङ र हल्जीमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरीएको छ । लामो समय पछि कोरोना कहरमा बन्द रहेका बेला केही दिन अगाडीबाट पठन पाठन सुचारु रहेको वड ६ हिमालपारीको गाउँ लिमीका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरीएको छ । शैक्षिकगुणस्तर उकास्न सहयोगस्वरुप सामग्री उपलब्ध गरिएको आधार […]

चाडपर्व लक्षित गरी प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गरिँदै

सिमकोट । हुम्लामा चाडपर्व लक्षित गरेर खाद्यान्न प्रति केजी पाँच रुपैयाँ छुटमा बिक्री गरीने भएको छ । नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु दसैं, तिहार लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न छुटमा बिक्री गर्ने भएको हो । जिल्लामा पहिलो पटक यसपालीको दसैं तिहारको अवसरमा छुटमा खाद्यान्न बिक्री गर्न लागिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्ण […]

खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल

कर्णाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली पठाएको चामलको गुणस्तरमा प्रश्न उठेपछि सिल गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले आज कम्पनीको प्रादेशिक गोदाममा रहेको झण्डै दुई हजार क्विन्टल चामल सिल गरेको हो । कार्यालयले जिल्ला प्रशासन, प्रहरी प्रतिनिधिका साथै उपभोक्ता अधिकारकर्मीको रोहबरमा नमूना सङ्कलन गरेको छ । डिभिजन कार्यालयका प्रमुख […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]