सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट सुत्केरी भएको २० दिनकी एक जना सुत्केरी महिलाको शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अदानचुली गाउँपालिका– ५ करगै गाउँकी २० वर्षिय झुपा छत्याललाई अचानक विहिबार विहान ११ बजेबाट प्रेसर भएर बेहोस भएपछि राती नै आठ बजे श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागी पुर्याएको भएपनि उपचार सम्भवन […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका– ७ डाडाफयाँका पशुवस्तुमा अज्ञात रोगको संक्रमण देखिन थालेको छ । केही दिन यतादेखि डाडाफयाँ, थाया, जबुका, गाउँ लगायतका पशुवस्तुमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् । यहाँ रहेका जुमा र झोपामा घाँस नखाने, र्याल छोड्ने लगायतका रोग देखिन थालेको स्थानीय डबल सिंहले बताउनुभयो । आफ्ना लगायत अन्य गाउँका आठ, […]
सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छट पर्वको अवसरमा पालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकी सार्वजनिक विदाको समयमा पनि सञ्चालनमा रहने भएका छन् । गाउँपालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकीबाट आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवा सञ्चालन हुने भएका हुन् । वडा–२ ठेहे स्वास्थ्यचौकी, ३ वरगाउँ स्वास्थ्यचौकी, वडा–७ डाडाफयाँ […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालयले संविधान दिवस अवसरमा जिल्ला अस्पतालका विरामीलाई विहिबार विभिन्न सामग्री सहयोग गरेको छ । आज विहिबार संविधान दिवसको दिन जिल्ला अस्पतालमा उपचाररत रहेका विरामीलाई स्वास्थ्य, सरसफाईका सामग्री सहयोग गरिएको हो । अस्पतालमा रहेका उपचाररत प्रति विरामीलाई टावेल, नङकट, मञ्जन बरस, नुहाउने र लुगा धुने साबुनका साथै विरामीलाई […]
सिमकोट । हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा पछिल्लो समय विरामीको चाप अत्यधिक बढ्न थालेको छ । मौसमी रुघाखोकीका विरामी बढ्दा अस्पतालले धान्न नसक्ने गरी विरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । मौसमी विरामीको चाप अत्याद्यिक बढेसंगै अस्पतालमा विरामी राख्ने शैयाको पनि अभाव हुन थालेको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । […]
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्यचौकीको स्वास्थ्यकर्मीको टोली जिल्लाको उच्च पाटन चौरी खर्कमा पुगेर ६ बालबालिकालाई विभिन्न किसिमको खोप लगाइएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान अन्तरगर्त रानीसैनामा रहेका स्याडा गाउँका सहित उत्तरी नाम्खा, ताँजकोट र बाजुरा जिल्लाका त्यस क्षेत्रमा रहेका पाँच बालक र एक बालिकालाई […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ याङगार गाउँमा यतिबेला खानेपानीको समस्या निम्तिएको छ । तीस वटा घरधुरी रहेको याङगार गाउँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या झेल्दै आउनु परेको गुनासो गरेका छन् । सडक निर्माणका क्रममा डोजरले पानीको पाइप लाइन नै काटि दिएपछि गाउँमा खानेपानीको समस्या निम्तिएको स्थानीय छोमु लामाले बताउनुभयो । बाटो निर्माण गर्दा भौतीक […]
सिमकोट । वर्षायाम लागेसँगै जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरिरहेको छ । यो सिजनमा विरामी बढी हुने भएकाले ताँजकोट गाउँपालिकाको निती अनुसार घरदैलो स्वास्थ्य अभियान सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन हुँदै आएका निजी फार्मेसीको सोमबार अनुगमन गरिएको छ । सदरमुकाममा सञ्चालन भएका चारवटा मेडिकलको अनुगमनका क्रममा एक फार्मेसीमा ताला लगाइएको छ । सिमकोटमा सञ्चालित फार्मेसीहरु निर्धारित मापदण्ड बिपरित सञ्चालन हुदै आएको पाइएपछि अनुगमनका क्रमका ताला लगाइएको जानकारी प्राप्त भएको छ । निर्धारित न्युनतम मापदण्ड अनुसार पालना नगरी सञ्चालन हुँदै […]