एसइई तयारीमा रहेका विद्यार्थीको विदाईमा जुटे हुम्लाका विद्यालय

सिमकोट । माध्यामिक शिक्षा (एसइई ) नजिकिए सँगै हुम्लाका विद्यालय विद्यार्थीलाई हौसला प्रदान गर्ने उद्धेश्यले विदाई कार्यक्रममा जुटेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका सहित अन्य पालिका भित्र रहेका माध्यामिक विद्यालयले विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न थालेका हुन् । मङ्गलबार सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर मावि, वडा दुई ठेहेमा रहेको रामदेब मावि, र […]

रलिङ्ग माविमा १४२ एभ्रीकोट अर्थात चुली जातका विरुवा रोपियो

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका  वडा ३ मा  रहेको रलिङ्ग माध्यामिक विद्यालयमा आज वृक्षारोप गरिएको छ । एभ्रिकोट अर्थात चुली जातका एक सय ४२ बोटहरु विद्यालय परिसरमा लगाइएको छ । बाख्रेजुर, चिया तथा फलफुल नर्शरी ठेहेले उत्पादन गरेको उक्त चुली जातका बोटहरु लगाइएको सोही विद्यालयका शिक्षक सुर्यमणी बोहराले बताए । जिल्ला कृषि विकास कार्यालय हुम्लाको […]

शिक्षक, विद्यार्थी, र शिक्षासम्बन्धि काम गर्ने संघसंस्थालाई अभिमुखिकरण तालिम

सिमकोट । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजना र सिमकोट गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा दुई दिने स्थानिय तह विश्व भुमन्डलिय नागरिक शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयचन्द रोकायाको अध्यक्षता र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव यादव […]

बालविवाह न्यूनिकरण गर्न देउडा प्रतियोगीता

सिमकोट । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बालविवाह सम्बन्धी जनचेतना मुलक देउडा प्रतियोगीता सम्पन्न भएको छ । लामो समय देखि महिला, बालबालिका, लगायतका क्षेत्रमा काम गर्दै आएको नेपाल अष्ट्रिया साँझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ मा गाउँमा बालविवाह न्युनिकरणका लागि देउडा प्रतियोगीता सञ्चालन गरेर सम्पन्न गरेको छ । […]

दुई विद्यालयलाई ल्यापटप सहयोग

सिमकोट । उच्च हिमाली दुर्गम हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको रलिङ्ग माध्यामिक विद्यालयलाई तीन थान ल्यापटप सहयोग गरिएको छ । काठमाडौंको सास इस्टिच्युट प्राइभेट लिमिटेडले रलिङ्ग माध्यामिक विद्यालयलाई निःशुल्क ल्यापटप उपलब्ध गराएको हो । वडा –३ का स्थानीय रविन्द्र लामाको सहजीकरणमा न्यून आयश्रोत भएको दुर्गमको रलिङ्ग माविलाई ३ थान ब्रान्डेड ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको विद्यालयका […]

विद्यालयको अवस्था दयनिय खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थी

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय रहेको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षाकोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १६४ भन्दाबढी विद्यार्थीलाई खुला […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा हुम्लाका ३९ विद्यालय छनोट

सिमकोट । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा हुम्लाका ३९ वटा विद्यालय छनोट गरेको छ । जिल्लाबाट कार्यक्रमका लागि आवेदन दिएका विद्यालयमध्ये ३९ वटा छनोट भएको हो । विद्यालयको प्रस्तावना र कार्यालयबाट सिफारिस गरिएका कुल एक सय विद्यालयमध्ये ३९ वटा विद्यालयको प्रस्तावना कार्यक्रमका लागि स्वीकृत भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख […]

एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने बोर्डको निर्णय

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर […]

आजदेखि विद्यालयहरु बन्द

काठमाडौं । कोभिड–१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]