राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्नुहुने

काठमाण्डाै  राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुन लागेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको […]

ओली भेट्न बालुवाटार पुगे भिम

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा चर्को आलोचक एमालेका उपाध्यक्ष भीम रावल बालुवाटार पुगेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको […]

एमाले किचलोः हस्ताक्षरमा अल्झियो एकता

काठमाडौं । एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्। ओली र नेपालबीच शनिबार टेलिफोनमा वार्ता भएको हो। टेलिफोन संवादमा हस्ताक्षरको विषय प्रमुख रूपमा उठेको […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। हिजो स्थगित भएको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। क्रियाशील सदस्यता वितरणका मापदण्डमै विवाद देखिएकाले आजको बैठकमा यसबारे समाधान खोजिने भएको छ। पाटीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा […]

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको छ। नेपाल पक्षीय स्थायी […]

राष्ट्रियसभा अधिवेशन जारी : नागरिकतासम्वन्धि अध्यादेश पनि पेश

काठमाडौँ । बिहीबार शुरू भएको राष्ट्रियसभाको आठौँ अधिवेशनमा १६ वटा अध्यादेश पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानूनमन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र शपथ सम्बन्धी अध्यादेश, २०७८ पेश गरे । यसै गरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री र गृहमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट मन्त्री वसन्तकुमार […]

छिर्केमिर्के टिप्पणीमाथि तथ्ययुक्त स्पष्टता

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा ‘बबरमहल प्रकरण’, शिक्षामन्त्रीको व्यवहार र रूपा सुनारको जाहेरी तथा सरस्वती प्रधानको पक्राउ एवं रिहाइबारे छलफल भएको छ । यस प्रकरणमा अभियन्ताहरूका सबै अभियानको आँखा चिम्लेर समर्थन गर्नुपर्ने जरुरी नरहेको तथा छुवाछूत र अन्यायविरुद्ध सरकारका मन्त्रीहरू तथा पार्टीका नेता–कार्यकर्ताहरू कसैको पक्ष वा विपक्षमा होइन, राष्ट्रिय साझा दृष्टिकोण र […]

चार मन्त्रीलाई १९ मन्त्रालयको भार, मन्त्री खोज्दै हिंड्नुपर्ने सचिवहरुको बाध्यता

काठमाडौं  प्रधानमन्त्री ओलीले गत २१ र २७ जेठमा मन्त्रिपरिषद् विस्तार गर्दै २५ सदस्यीय बनाएका थिए । तर, १० असारमा सर्वोच्चले कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न नसक्ने अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई पदमुक्त गरेको थियो । अहिले प्रधानमन्त्री ओलीसहित पाँच मन्त्रीले २१ मन्त्रालय हाँकिरहेका छन् । ओली स्वयंले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि लिएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलको […]

राष्ट्रियसभा बैठकमा १६ अध्यादेश पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गरे । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]