मुख्यमन्त्री हेलिकप्टर चढेर हुम्ला गएकोप्रति आपत्ति जनाउँदै एमालेद्धारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

मुख्यमन्त्री सहितको टोली हेलिकप्टर चढेर हुम्ला गएको प्रति आपत्ति जनाउँदै प्रतिपक्ष दल एमाले आज पनि कर्णाली प्रदेशसभामा बैठक अवरुद्ध गरेको छ । आइतबार प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १६ औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ हो । बजेट प्रस्तुत भएको तीन साता बितिसक्दा पनि एमालेको अवरोधका […]

सत्तारुढ एमालेले गर्‍यो विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपा एमाले विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका हुन् । रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका […]

‘माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्यो-वैधानिक’

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेको छ । माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई आयोगको आज बसेको बैठकले खारेज गरेको हो । आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको […]

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेशन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान पत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली […]

ओली–नेपाल सहमति आज !

काठमाडौँ — सत्तारूढ दल एमालेमा चार महिनादेखि जारी आन्तरिक विवादलाई समाधानको बिन्दुमा पुर्‍याएको दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलले दाबी गरेको छ । पार्टीभित्र एकअर्कालाई निषेध गर्ने गरी भइरहेका गतिविधि बन्द गर्दै शक्ति सन्तुलन मिलाएर अघि बढ्ने सैद्धान्तिक सहमति कार्यदलमा भएको छ । त्यही सहमतिको जगमा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउने गरी आइतबार अध्यक्ष केपी शर्मा ओली र […]

हेलम्बु र मेलम्चीमा पुगे प्रधानमन्त्री ओली

सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने […]

मुख्यमन्त्री शाही सुटुक्क हुम्ला आउनुको तीन कारण

सिमकोट । ‘सर को मन्त्री हुम्ला आउदै हुनुहुन्छ रे हजुर लाई थाहा छ ?’ यो शब्द राष्ट्रिय अनुसन्धान, जनपथ प्रहरी र नेपाली सेनाका गुप्तचरका सुरक्षाकर्मीले दिनभरजसो शुक्रबार हुम्लाका पत्रकारहरुलाई सोधिएको प्रश्न थियो । मौखिक रुपमा शुक्रबार अपरान्ह १ बजेपछि कर्णालीको सत्तारुढ दल माओवादी केन्द्र र सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबाट फैलिएको मन्त्री […]

राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने शीतल निवासको जिकिर

काठमाडौं राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने जिकिर गरेको छ। राष्ट्रपति कार्यालयले पेस गरेको लिखित जवाफमा राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ को दफा १६ को व्यवस्थालाई उल्लेख गर्दै राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन नपाइने जिकिर गरिएको हो। राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले पेस गरेको जवाफमा […]

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला

सिमकोट । चालु आर्थिक वर्ष सकिन छ दिन मात्रै बाँकी रहेको बेला कर्णाली प्रदशेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् । गएको असार १ गते कर्णाली प्रदेश सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पास नभएर लामो समयदेखि प्रदेश सभा अवरुद्ध भएको बेला […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]