भीम रावललाई भेट्न टोखामै पुगे माधव नेपाल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी उपाध्यक्ष डा.भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार आफूनिकट स्थायी कमिटी सदस्यहरुको बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् । गत आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसद् पदबाट राजीनामा […]

लामाखोल्सी गाउँ अब दल बिहिन

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–३ लामाखोल्सी गाउँ अब दल बिहिन गाउँ बनेको छ । मंगलबार गाउँका सबै स्थानीयवासिन्दाको सामुहिक भेलाले गाउँका कुनैपनि व्यक्ति कुनैपनि दलमा नलाग्ने घोषणा गरेपछि अबदेखि ३१ घरधुरी भएको लामाखोल्सी अबदेखि दल बिहिन गाउँ बनेको हो पछिल्लो समय प्रतिनिधिसभा र विभिन्न प्रदेश सभाका सांसदहरुले व्याक्तिगत स्वार्थमा लागेर पार्टी निर्देशन […]

कसैले खोप-खोप भनिरहनु पर्दैन सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गरेका छौं : ओली (भिडियो)

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । हिजो सदनमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । केन्द्रीय कमिटी बैठकमा ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था […]

नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रिय कमिटीको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा जारी पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा अध्ययक्ष […]

एमालेको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक विवाद कायमै रहेका बेला आज स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्दैछ । एमालेको केपी ओली समूहले आज स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको एजेण्डा तय गर्न आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो। आज स्थायी समिति बैठक र भोलि केन्द्रीय कमिटी बैठक […]

हिल्सा प्रवेश गेट उद्घाटन चौथो पटक रोकियो : हुम्ला नजान मुख्यमन्त्रीको निर्देशन

चीनसँग सिमा जोडिएको जिल्लाको उत्तरी हिल्साको प्रवेश गेट चौथो पटक उद्घाटन कार्यक्रम स्थगीत भएको छ । हिल्सामा प्रवेश गेटको निर्माण कार्य सम्पन्न भएर दुई जना मन्त्री उद्घाटनका लागी हुम्ला आउने कार्यक्रम तय गरीएको भएपनि मुख्यमन्त्रीको निर्देशनमा हुम्ला आउने कार्यक्रम स्थगीत भएको जानकारी प्राप्त भएको छ । प्रवेशद्धाराको उद्घाटन गर्नका लागी कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन […]

एमालेले अदालतको फैसलाविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने भएको छ । बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको हो । प्रमुख सचेतक विशाल भट्टराईले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय गरेको जानकारी दिए । […]

देउवाको भविष्य नेपालको हातमा

काठमाडौं । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव कुमार नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ । यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार […]

एमाले स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि आजका लागि बैठक बस्ने तय गरेका हुन् । बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्न लागेको हो । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि बैठक पहिलो पटक बस्न लागेको हो […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]