
काठमाण्डौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत […]
सिमकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो । जिल्लामा रहेका […]
सिमकोट । हिमाली जिल्ला हुम्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली आइतबार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक गतिविधि तथा क्रियाकलापको कार्य अन्तिम चरणमा पुगेको छ । मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् । आज शनिवार साँझसम्म जिल्लाभर रहेका मतदान केन्द्रको सबै तयारी पुरा हुनुका […]
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार यतिबेला सुनसान देखिएको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन एक दिनमात्र बाँकी रहँदा सदरमुकाममा बसोबास गर्दै आएका नागरीक भोट हाल्न गाउँ फर्किएपछि सदरमुकाम सुनसान छाएको छ । दुई दिनअघि सदरमुकाम आसपासका भन्दा टाढा घर भएका नागरी […]
सिमकोट। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो […]
सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि हुम्लामा १३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षार्की खटिएका छन् । निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी जनपद र म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका हुन् । जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सीता […]
सिमकोट । मंसिर ४ गतेको हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीका तीनवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरले पुर्याएको हो । लिमी जानको लागि त्यस क्षेत्रका मुखय दुईवटा नाकामा बाक्लो हिउँ जमेका कारण नेपाली सेनाको हेलिकोप्टरले ओसारेको जिल्ला निर्वाचनका कार्यालयका निमित्त अधिकारी […]
सिमकोट । हिमालपारीको गाउँको नामले परिचित हुम्लाको उत्तरी नाम्खा गाउँपालिको वडा नम्बर ६ को लिमीमा चुनावी प्रचारका लागि प्रदेशसभा सदस्य तथा हुम्ला निर्वाचन क्षेत्र प्रदेश ख का उम्मेदवार जीवन बहादुर शाही यहाँ पुगेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सोमबार लिमीमा पुगेर त्यहाँका मतदातासँग मंसिर ४ गते आफुलाई मतदान गरिदिन आग्रह गरेका थिए । लिमी […]
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । ‘विकास, सुशासन र समृद्धिको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ भन्ने मूल नारा रहेको प्रतिवद्धता–पत्रलाई प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महताराले पार्टीको अनलाइन पोर्टल कर्णाली डट सिपिएन युएमएल डट ओराजीमार्फत सार्वजनिक गर्नुभयो । ३२ पेज रहेको प्रतिवद्धतापत्रमा कर्णाली […]