नाम्खा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

नेपालचेक समचारदाता शुक्रबार, बैशाख १५, २०८०

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चित् घोषणा भएको छ । बिहीबार एक कार्यक्रमका बीच नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

६ वटा वडामा रहेका १५ महिना मुनिका र १६ महिनादेखि २३ महिना मुनिका बालबालिकालाई दुई चरणमा खोप दिइएको नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक ग्याचु लामाले बताएउनुभयो ।

गाउँपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको सहयोगमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको संयोजक लामाले बताउनुभयो ।

लगातार ८ वर्षको लामो प्रयासपछि नाम्खालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष प्रेम लामाले बताउनुभयो । घोषणा कार्यक्रममा नाम्खा गाउँपालिकाले ६ वटै वडाका वडाध्यक्षलाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याएको भन्दै प्रमाणपत्र दिएको थियो । त्यस्तै गाउँपालिकाले नाम्खामा भएका ४ वटा स्वास्थ्य चाैकी र ६ वटा सामुदायिक स्वास्थ्य सेवा केन्द्रलाई पनि सम्मान गरेर प्रमाणपत्र दिएको थियो ।

गाउँपालिका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय दलु फडेर, विशेष अथिति जिल्ला स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख सिंह र अतिथि गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन शाही, ६ वटै वडाका वडाध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नाम्खावासी,स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]