सर्केगाड गाउँपालिका आफ्नै लोगो र गीत बनाउदै

नेपालचेक समाचारदाता मंगलबार, बैशाख ०५, २०८०

सिमकोट ।  हुम्लाको सर्केगाड गाउँपालिकाले आफ्नो पालिका ‘गान र लोगो’ तयार गर्ने भन्दै सूचना सार्वजनिक गरेकाे छ ।

पालिकाको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व झल्काउने गरी लोगो र ४० देखि ६० शब्दमा पालिका गान बनाउनका लागि साेमबार एक सूचना प्रकाशन गरेकाे हाे । खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गान र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तको अधिनमा रही १५ दिनभित्र हार्ड कपी तथा ई कपी खामबन्दी गरी पेश गर्न आह्यन गरेकाे छ ।

छनोट भएको उत्कृष्ट लोगो डिजाइनकर्तालाई नगद रु ३० हजारसहित प्रमाणपत्र र उत्कृष्ट पालिका गान रचनाकारलाई नगद रु ४० हजारसहित कदर पत्रले सम्मान गरिने समेत उल्लेख गरिएकाे छ । लोगोमा प्रयोग भएका सङ्केतहरूको बारेमा भने डिजाइनरले संक्षिप्त व्याख्या गर्नुपर्नेछ ।

हुम्लाका सात गाउँपालिकामध्ये आफ्नै पालिका गान र लोगो बनाउने सर्केगाड गाउँपालिका पहिलो हुनेछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]