हुम्लामा मतदाता शिक्षा प्रभावकारी बन्दै

मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न अधिकृत रानाको निर्देशन

नेपालचेक समाचारदाता मंगलबार, कार्तिक २९, २०७९

सिमकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको सातवटै गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको नित्ति जिल्ला निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिनुभयो ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरीकाबारे जानकारी गराउन सातवटै पालिकामा मतदाता शिक्षा सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइदै छ ।”

मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक–एकजना स्वास्थयकर्मी स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभातर्फ पनि त्यसै गरी अलग–अलग चारवटा मतपत्रमा मत हाल्नुपर्नेछ ।

खार्पुनाथा गाँउपालिका अध्यक्ष कर्ण रावलले भन्नुभयो,‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो ।’ उहाँले भन्नुभयो,‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’ अध्यक्ष रावलले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न निर्देशन दिनु भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]