विष सेवन गरेर १९ वर्षिय बुढाको मृत्यु

नेपालचेक समाचारदाता शुक्रबार, साउन २०, २०७९

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा विष सेवन गरेर एक जना युवतीको मृत्यु भएको छ । विषालु औषधी सेवन गरेर वडा नम्बर २ की १९ सर्मिता बुढा (भण्डारी)को निधन भएको छ ।

शुक्रबार अपरान्ह आफ्नै घरमा ‘नोवन’ नामक विषालु औषधी सेवन गरेर अदानचुली इलाका स्वास्थ्य चौकी पुरयाइएकी भण्डारीको मृत्यु भएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनुभयो ।

घरका परिवारले विषालु औषधी सेवन गरेर बेहोस अवस्थामा फेला पारेपछि बोकेर स्वास्थ्य चौकी ल्याइएकी भण्डारीलाई केहि छिनमै मृत घोषणा गरिएको श्रीनगर प्रहरी चौकीका इन्चार्ज चक्र बुढाले बताउनुभयो ।
१९ वर्षिय भण्डारीले के कारणले विष सेवन गर्नु पर्यो भन्ने बारेमा केहि बताइएको छैन् । के कती कारणले मृत्युभएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]