१९ स्थानीय तहको व्यवसायीक वातावरण सूचाकाकंमा सिमकोट पहिलो

Nepal Chek बिहिबार, बैशाख १३, २०८१

सिमकोट । कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ वटा स्थानीय तहमा सर्वेक्षण गरिएको व्यवसायीक वातावरण सूचाकाकं २०२४ को श्रेणीका आधारमा हुम्लाको सिमकोट गाउँपालिका उत्कृष्ट कार्य गर्नेमा पहिलो भएको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र ग्रेप रियोजना मिलेर सर्वेक्षण गरेको व्यवसायीक वातावरण सूचाकाकंमा सिमकोट गाउँपालिका पहिलो भएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । दुई प्रदेशका १९ स्थानीय तहमा, स्थानीय आर्थिक कार्यसम्पदान, स्थानीय आर्थिक सुशासन, पूर्वधार, व्यवसायीक भावना, व्यवसायीक गतिशिलता, व्यवसायका सेवाहरु, दिगोपना, जलवायुमैत्री लगायतका उपसूचाकाकंहरुका सर्वेक्षण गर्दा सिमकोट गाउँपालिका पहिलो भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

विहिबार भएको व्यवसायीक वातावरण सूचाकाकं २०२४ सार्वजिक तथा राष्ट्रिय गोष्ठीमा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले पहिलो भएको पुरस्कार तथा सम्मानपत्र बुझ्नुभएको थियो । भने दोस्रो र तेस्रो हुनेले समेत सम्मानपत्र बुझेको उहाँले बताउनुभयो । उपस्थित हुन नसकेका स्थानीय तहले भर्चुओल जोम मार्फत सहगीता जनाएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

काठमाण्डौंमा रहेको होटेल हिमालयमा यो कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । सर्वेक्षणमा सिमकोट गाउँपालिकाले ५८ प्रतिशत ल्याएर पहिलो भएको छने बहताल गाउँपालिका २७ प्रतिशत लयाएर उन्नाइसौं अर्थात पुच्छरमा रहेको छ ।

विहिबार भएको उक्त कार्यक्रममा जर्मन राजदुत, फिडल्याण्ड राजदुत, युरोपियन युनियनका प्रतिनिधि, भूमि सुधार मन्त्रालयका सहसचिव लगायत सबैको उपस्थित रहेको उहाँले बताउनुभयो । सर्वेक्षणका आधारमा सिमकोट पहिलो, अमरगडी दोस्रो र धनगडी महानगरपाली तेस्रो स्थामा रहेको छ । भने खार्पुनाथ गाउँपालिका सातौं स्थानमा रहेको छ । हुम्लाका दुईवटा गाउँपालिका मात्रै व्यवसायीक वातावरण सूचाकाकं २०२४ मा पर्न सफल भएका छन् । खार्पुनाथ गाउँपालिका सातौं स्थानमा परेको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]