बेपत्ता पुरुष चार दिनपछि मृत भेटिए

सिमकोट । चार दिनदेखि बेपत्तता भएका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षिय गोर्ख बुढाथोकी हराएको चार दिनपछि मृत अवस्थामा फेला परेको आफन्त भक्तराज ऐडीले बताउनुभयो । पुस १६ गते बेलुका बाख्रालाई गोठमा भित्राउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएको चार दिनपछि मृत फेला परेका हुन् […]

युवाविहीन बन्दै हुम्लाका गाउँ

सिमकोट : संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन्। उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन्। अदानचुलीमा कुनै काम […]

अध्यक्ष जैसीको पहलमा ताँजकोटमा ‘फोरजी’ सेवा सञ्चालन

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिका–१ मा रहेको दैमाडुमा नेपाल दुरसञ्चार प्रणालीको ‘फोरजी’ टावर निर्माण भएसँगै सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा गाउँपालिका अध्यक्ष लालकेश जैसीको विशेष पहलमा फोरजी सेवा सञ्चालनमा आएको हो । मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका […]

पशु बिमाप्रति हुम्लाका कृषकको आकर्षण बढ्दै

सिमकोट । पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पशुपालन व्यवसायमा लाग्दै आएका कृषकको पशु बिमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा विगतकको वर्षको तुलनामा पछिल्लो समय गाई,गोरु,घोडा, खच्चड, झोपा,जुमा,भेडा बाख्रा र गधाको बिमा गराउने कृषकको संख्या बढ्दै गएको शिखर इन्स्योरेन्स हुम्ला शाखाका पशु प्राविधिक उपेश भण्डारीले बताउनुभयो । प्राविधिक भण्डारीका अनुसार, जिल्लामा यस अगाडि विमा गरेको […]

हुम्लाको दुई पालिकाले दिए ल्होसार पर्वको दिन सार्वजनिक विदा

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट सँगै जोडिएको उत्तरी नाम्खा गाउँपालिकाले ल्होसार पर्वको लागि सार्वजनिक विदा दिएका छन् । बौद्ध धर्मलम्बीहरुको सोनाम ल्होसार पर्व आज बुधबारबाट सुरु भएकाले उत्तरी नाम्खा गाउँपालिकाले मङ्सिर २७ र २८ गते सार्वजनिक विदा दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले बताउनुभयो । नाम्खा गाउँपालिकाको वडा १ देखि ६ […]

नेपाली कांग्रेस हुम्ला उपसभापति रोकायाको घरको तेस्रो तला जलेर नष्ट, लाखौंको क्षति

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका-५ निवासी तथा नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त रोकायााको घरमा आज बिहान ९ बजे घरमा आगलागी भएको छ । घरको तेस्रो तल्लामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । आगलागीले तस्रोको पुरै जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा, अन्य भएका सम्पूर्ण मालसामान जलेर नष्ट भएको छ  […]

पानीको धारामा बरफ जम्न थाल्यो

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा चिसो बढ्दै गएपछि पानीको धाराहरुमा बरफ जम्न थालेको छ । गएको आइतबार राती भएको हिमपातले जिल्लामा चिसो अत्याधिक बढाएको छ । भने तापक्रम माइनसमा झर्दा सिमकोटमा रहका खानेपानीको मुहान सहित धारा, खोला छेउछाउमा बरफ जम्न थालेको हो । चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानीमा सकेत बरफ […]

हुम्लामा एक किशोरीको बेवारिसे लास भेटियो

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित बाेक्चेगाैडामा एक किशाेरीको लास फेला परेकाे छ । आज दिउसाे १२ बजेतिर किशाेरीकाे लास बाेक्चेगाैडा भन्ने स्थानमा फेला परेकाे हो । किशाेरीकाे लास खार्पुनाथ गाउँपालिका -१ काे बाेक्चेगाैडमा भेटिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । आसाेज १३ गते हराएकी सिमकाेटदेेखि बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका-२ थालीकी सुजता रावलकाे आफान्तले […]

हुम्लामा पहिलो पटक स्याउ बीमा कार्यक्रम लागु

सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउ बीमामा कार्यक्रम लागु भएको छ । हुम्लामा ल्याउ राम्रो उत्पादन हुने भएपनि यसअघि बिमा कार्यक्रम लागुभएको थिएन् । विहिबार स्याउ किसानलाई बीमा सचेतना सम्बन्धी अभिमुखीकरण गोष्ठी सञ्चालन गरिएको शिखर इन्स्योरेन्स शाखा कार्यालय हुम्लाका प्रमुख गोरासिंह बोहराले बताउनुभयो । मौसमी प्रतिकुलताका कारण स्याउ खेतीमा हुने क्षतिबाट सुरक्षित रहनको […]

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]