हुम्लामा दैनिक उपभोगय वस्तुको नयाँ मूल्य निर्धारण

Nepal Chek मंगलबार, बैशाख ०४, २०८१

सिमकोट । उद्योग बाणिज्य संघ हुम्लाले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । उद्योग बाणिजय संघले निर्धारण गरेको दैनिक उपभोग्य अधिकांस सामानको मूल्य घटबढ भएको छ । खसीको मासुको मुल्य घटेको छ । आजै उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णय गरेको छ । दैनिक उपभोग्य सामानको मूल्य निर्धारण र थोक तथा खुद्रा व्यवसाय छनोट गर्ने यी दुईवटा निर्णय भएको जानकारी प्राप्त भएको छ ।

यस्तै सिमकोट बजारमा दैनिक उपभोग हुने सामानको हुम्ला उद्योग बाणिज्य संघले गरेको मूल्य निर्धारण अनुसार दैनिक उपभोगय सामानको मुल्य सूचि कायम भएअनुसार सम्पूर्ण व्यवसायीलाई मुल्य वितरण गरिएको छ । आजै बाणिज्य संघ हुम्लाले वितरणको सोही मुल्य कायम भए बमोजीम कार्यान्वय गरिएको बताइएको छ । सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान विक्री नगर्ने निर्णय गरिएको उद्योग बाणिज्य संघ हुम्लाका अधयक्ष भण्डारीले बताउनुभयो ।

यस्तै मासु जन्य पदार्थको वितरण तथा खुद्रा प्रति केजी, खसीको् मासु इकाई, प्रति केजी मुल्य निर्धारण गरिएको छ । बजारका व्यवसायीलाई दैनिक उपभोग्य बस्तुको मूल्य विक्रीका लागि निर्धारण गरिएको छ । वोइलर कुखुराको मासु प्रति केजी रु ७ सय, माछा मासु प्रतिकेजी ७ सय, वँगुरको मासु प्रति केजी रु ७ सय, अण्डा प्रति गोटा ३०, प्रति क्यारेट ७ सय ५० र रागाँ मासु प्रतिकेजी ७ सय ५० निर्धारण गरिएको बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारीले बताउनुभयो । यस्तै जिउदो खसीको प्रतिकेजी ६ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी एक हजार खसीको नेट मासुको ११ सय रुपैयाँ निर्धारण गरिएको हो ।

यस्तै दैनिक उपभोग्य वस्तुको घारा तेल ३ सय ७०, सन फलावर ३ सय,स्वास्तिक प्रति लिटर २ सय ८०, डाल्टा घ्यु २ सय ८०, चिनि प्रतिकेजी १ सय ७०, चिउरा प्रतिकेजी २ सय मुल्य तोकिएको छ । वाइवाइ चाउचाउ ३०, कुकिज विस्कुट एक सय, हर्लिक्स (बटल) प्रतिकेजी ५ सय ५०, हर्लिक्स प्याकेट ४ सय ५०, एर्भिडे दुध ५ सय, कोकोनट विस्कुट २५, ज्याक्स विस्कुट २०, जिरा ५० ग्राम ७०, धनियाँ ५० ग्राम ७०, मिटमसला ७०, सब्जीमसला ५०, बेसार ५०, सेन्टफ्रुट चुइगम ३ सय ५०, कफी ५० ग्रामको १ सय ८०, चिया पत्ती ५०, लुगा धुने सावुन सानो ५० ठुलो ८०, नुहाउने सावुन लक्स ६०, नुहाउने सावुन लाइफवाइ ५५, चामल मोटो प्रतिकेजी १ सय २०, चामल मसिनो प्रतिकेजी १ सय ५० मुल्य तोकिएको उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै प्रिती चाउचाउ २५, करेन्ट चाउचाउ ६०, सेन्चुरी खुर्सानी धुलोमा ५०, मम मसला ५०, टप विस्कुट प्याकेटको ५०, आटा प्रतिकेजी १ सय २०, फ्रुटी ४०, भुजा सानो प्याकेट ५०, भुजा ठुलो प्याकेट १ सय २०, टमाटर सर्स पाँच लिटर १३ सय, मैदा एक केजीको १ सय ३० धुलो खुर्सानी ५० ग्रामको ५० र एक सय ग्रामको एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]