आँखा शिविरमा ९ सय २७ को उपचार, ८७ जनाको मोतियाबिन्दु शल्याक्रिया गरिने

Nepal Chek शुक्रबार, चैत्र २३, २०८०

सिमकोट । जिल्ला आँखा उपचार केन्द्र हुम्लाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाको ११ स्थानका गाउँमा रहेका स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविर सम्पन्न भएको छ ।

६ गतेदेखि सञ्चालन भएको शिविरमा ९ सय २७ जनाको आँखाको चेकजाँच गरिएको जिल्ला आँखा उपचार केन्द्रका नेत्र अधिकृत बुम बोहराले बताउनुभयो । नेत्र अधिकृत बोरहाका अनुसार, ३ सय ८५  पुरुष र ५ सय ४२ महिलाको आँखा चेकजाँच गरिएको बताउनुभयो । गाउँघरमै पुगेर शिविर सञ्चालन गरेर मोतियाविन्दु शल्याक्रिया छनोटका लागि आँखा चेकजाँच गरिएको उहाँले बताउनुभो ।
यस्तै उक्त शिविरमा ८७ जनाको मोतियाबिन्दु अप्रेसन गर्नका लागि छनोट भएको उहाँले बताउनुभयो । मोतियाबिन्दु अप्रेशन गर्नुपर्ने महिला ४९ र पुरुष ३८ जना रहेको बताउनुभयो । मोतियाविन्दु समस्या देखापरेका आँखाका विरामीको यही चैत २७ गतेदेखि २९ गतेसम्म जिल्ला अस्पताल हुम्लामा मोतिबिन्दुको शल्याक्रिाया गरिने भएको छ । गाउँघरमा शिविर सञ्चालन गरेर उक्त विरामी छनोट गरेर शल्याक्रियाका लागि छनोट गरि जिल्ला अस्पतालमा बोलाइएको हो ।
आँखा शिविर सिमकोट गाउँपालिकाको डाडाफयाँ स्वास्थ्यचौकी, स्याडा, चौगनफया, बरगाउ,ँ ठेहे स्वास्थ्य चौकी र कुम्ली सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन भएको थियो । भने खार्पुनाथ गाउँपालिकाको छिप्रा स्वास्थ्यचौकी, याङ्चु, लाली र रायाँ स्वास्थ्य चौकीमा सञ्चालन भएर सम्पन्न भएको नेत्र अधिकृत बोहराले बताउनुभयो ।

बढ्दो उमेरमा गाउँघरमा आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनुका साथै धुलो र धुवाँसँगै बिताउने जीवनशैलीले वृद्धवृद्धामा बढी जसो मोतियाविन्दुको असर देखिने गरेको उहाँले बताउनुभयो । बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारणले यस्ता समस्या देखिने गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्ला, नेपाल नेत्रज्योति संघ, जिल्ला शखा सिमकोट, र जिल्ला आँखा उपचार केन्द्र हुम्लाको आयोजना तथा रेड्ली आँखा फाउण्डेशन र नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक एवम् हिमालय आँखा अस्ताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन भएको हो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]