पानीको धारामा बरफ जम्न थाल्यो

Nepal Chek आइतबार, मंसिर २४, २०८०

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा चिसो बढ्दै गएपछि पानीको धाराहरुमा बरफ जम्न थालेको छ । गएको आइतबार राती भएको हिमपातले जिल्लामा चिसो अत्याधिक बढाएको छ । भने तापक्रम माइनसमा झर्दा सिमकोटमा रहका खानेपानीको मुहान सहित धारा, खोला छेउछाउमा बरफ जम्न थालेको हो । चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानीमा सकेत बरफ हुन थालेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको हो । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुनथालेको सिमकोट बस्दै आएका उपेश भण्डारीले बताउनुभयो । दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको छ ।

यस्तै हुम्लाको उत्तरी भेगको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जम्ने गरेको हो । यो वर्ष हिउँद याममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् । भने साथै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएकाछन् । हिल्सामा बिओपी स्थापना भएसँगै केही वर्ष अघिदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिदै आएको छ । पुस र माघ दुई महिना हुम्लामा अत्यािधक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो ।

जिल्लामा यतिबेला विहान र रातीको समय तापक्रम माइनस १० डिग्री सम्म पुग्ने गरेको छ । चिसोमा सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]