आगलागी हुँदा रु एक लाख ६५ हजार बढीको क्षति

Nepal Chek आइतबार, जेठ २८, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । चंखेली गाउँपालिका–३ का वर्ष बहादुर ऐडीको घरमा आगलागी हुँदा रु एक लाख पैसठी हजार पाँच सय बराबरको क्षतिभएको हो । शुक्रबार दिउँसो साढे तीन बजे ऐडीको एक तले कोठामा आगलागी हुँदा विभिन्न धनमालको क्षति भएको हो । स्थानीयबासी सबै मिलेर आगो नियन्त्र लिएका हुन् ।

आगलागीबाट मानिस तथा पशुचौपायमा केही क्षती नभए पनि घर भित्र राखिएका लत्ता कपडा, अन्न, काठ, चामल, मोवाइल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो । मिमि प्रहरी चौकी भन्दा साढे एक घण्टाको दुरीमा रहेको स्थलमा प्रहरी पुगेर आगलागी भएको घरको मुचुल्का गर्दा रु १ लाख ६५ हजार ५ सय मुल्य बरावरको धनमाल क्षेती भएको पाइएको मिमि प्रहरी चौकीलाई उद्र्धित गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]