हुम्लाको खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका (तस्विर)

दाने बोहरा बिहिबार, मंसिर २२, २०७९

सिमकोट । हुम्लाको एक मात्रै खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चतता घोषणा गरिएको छ ।स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पुण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराकासाथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चतता गाउँपालिका धोषित गरिएको हो ।

हुम्लाका सातवट गाउँपालिका मध्य खार्पुनाथ गाउँपालिकाले पहिलो पटक खोप सुनिश्चितता गाउँपालिकाका रुपमा घोषणा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाहरुले पाँच वटै वडाका बस्तीमा बालबालिकाहरुलाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाका पाँच वटै वडाका बस्तीहरुमा जिल्ला स्तरबाट खोपबाट बालबालिका छुटेको सम्बन्धमा स्थलगत रुपमा अनुगमन भइ घोषणा गर्न अनुमति पाएपछि शाखाले पूर्ण खोप सुनिश्चित घोषणा गरेको उल्लेख शाहीले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा बोल्दै पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले आगामी दिनहरूमा खार्पुनाथ गाउँपालिकाका बालबालिकाहरुले खोप लगाउनबाट बञ्चित भएको सञ्चारकर्मीले समाचार लेख्नु नपरोस भन्ने आग्रह गर्नुभयो । सो गाउँपालिकाले २३ महिना भन्दा मुनिका बालबालिकाहरुलाई पुण खोप सुनिश्चित गरेको छ । उक्त कार्यका लागि खार्पुनाथका सम्पुर्ण स्वास्थ्यकर्मी, स्वयमसेविका, जनप्रतिनिधि, लगायत स्थानियको प्रयासमा गाउँपालिका र्पूण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

सरकारले तया गरेका कामलाई खार्पुनाथ गाउँपलिकाले अहोम भुमिका खेलि निर्वाह गरि रहेको जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले बताउनुभयो । कार्यजिल्लामा रहेका कर्मचारीलाई राजनितीकि करण गरिनु यो कार्य राम्रो नभएको भन्दै कार्यक्रमका प्रमुख अथिति फडेराले आपत्ति जनाउनुभयो । जिल्लाका पत्येक गाउँपालिकामा खोपको परिपुर्तिका लागि सरकारले जिम्मेवार रहनु पर्छ र यो सँगै गाउँपालिकाको पनि त्यतिकै भुमिका रहनुपर्ने उहाँको भनाई थियो । खार्पुनाथ गाउँपालिकाका बालबालिकामा खोप सञ्चालन तथा खोप अपुग भएको पाइएमा बालबालिकाका आमा बुवा र स्वास्थ्यकर्मि स्वयम् आफै जिम्मेवार हुनु पर्ने उहाँको भनाई छ ।

पूर्ण खोप घोषणा कार्यक्रममा सिमित मात्रै नभएर यसलाई कार्यन्वयनमा ल्याउनका लागि सबै जनप्रतिनिधि लागि पनुपर्ने कार्यबाहक अध्यक्ष जय बहादुर शाहिको भनाई थियो ।

जसमा खमर्पुनाथ गाउँपालिकाका १३ स्वास्थ्य संस्थाका १४ वटा खोप केन्द्रमार्फत ३ सय ८१ जना बालबालिकालाई पूर्ण खोप सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताउनुभयो । उक्त कार्यक्रममा खार्पुनाथ गाउँपालिका कार्यवाहक अध्यक्ष जय बहादुर शाहिको अध्यक्ष तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आथित्यमा सञ्चालन भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा