जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नेपालचेक समाचारदाता बुधबार, कार्तिक २३, २०७९

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने २ जना यात्रु घाइते भएका छन् ।

सिमकोटबाट यारीका लागि गएको बा.१८ च १४१७ नम्बरको बोलेर जिप आज बिहान करिब ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका– ५ यारी गाउँका २८ वर्षका कुुंगा तान्जेन लामा को मृत्यु भएको हो । लामाको घटनास्थलमै मृत्युु भएको हो । घाइते हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका ३१ वर्षका जिक्मेत तामाङ, चालक नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका २२ वर्षका कुन्जोक लामा हुन । चालक लामा सामान्य घाइते भएका छन् । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बुका पाल्बाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु र चालकसहित दुुई जना घाइते भएका छन् । घाइते भए पनि चालक लामाले प्रहरी चौकी यारीलाई घटनाबारे जानकारी गरेपछि ६ जना प्रहरी उद्धारका लागि घटनास्थल पुुगेको प्रहरीले जनाएको छ ।

घाइते दुुवै जनालाई हेलिकोप्टरबाट सदरमुुकाम सिमकोटमा उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एकजनाको टाउकोमा चोट लागेको छ भने एक जनाको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]