सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको नजिककैको खेतमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । खेत जोत्ने क्रममा दबिएर रहेको वस्तु शंकास्पद देखेपछि जिल्ला प्रहरीलाई खबर गरेर नेपाली सेनाको टोलीले बम रहेको पुष्टि गरेपछि डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । उक्त बम सशस्त्र द्वन्द्वका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ । प्लाष्टिकले बेरेर राखिएको अवस्थामा पाइप बम फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त बम बुधबार विहान भेटिएको हो ।