काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट हुम्लाका दुई जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
केहि समय अघि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सर्वसम्मत रुपमा निर्वाीचत २९९ सदस्यीय केन्द्रीय कमिटिमा हुम्लाका बीजय भण्डारी (प्रतिरोध) र छक्कबहादुर लामा निर्विरोध निर्वाचित भएका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दशत्रमा प्रस्तुत गरेको २९९ सदस्यीय केन्द्रीय कमिटि मध्ये २३६ जनामा भण्डारी चार जनाको कोटा निर्धारण गरिएको खसआर्य युवाबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । यसैगरी प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा ११ कोटा निर्धारण भएको जनजाती पुरुष कलष्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
भण्डारी नेकपा एमाले र माओवादी केन्द्र बीच एकिकरण भएर बनेको नेकपाको गठनसँगै केन्द्रीय सदस्य बनेका थिए भने लामा यसअघि केन्द्रीय सल्लाहकार परिषद सदस्याको जिम्मेवारीमा थिए ।
जिल्लाबाट केन्द्रीय सदस्यका अन्य आकांक्षीलाई पछि पार्दै भण्डारी र लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । आकांक्षी बढि भएपछि पदाधिकारी पछि टुंगो लगाउने गरी केन्द्रीय सदस्यको मात्रै घोषणा भएको माओवादीको आठौं महाधिवेशनमा हुम्लाबाट जनवजाती कष्टरबाट छिमि लामा (आशाकर) र दलित क्लष्टरबाट रणसिंह परियारले समेत आकांक्षा व्यक्त गरेका थिए ।