सिमकोट । आसन्न स्थानीय तहका अधिवेशनलाई केन्द्रित गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र हुम्लाको जिल्ला पार्टी समन्वय समितिको बैठक शुरु भएको छ ।
जिल्ला समन्वय समिति (जिसस)को सभाहलमा जिल्ला पार्टी समन्वय समितिको दोस्रो बैठक सन्चालन भएको माओवादी केन्द्र हुम्लाका सचिवालय सदस्य महेन्द्र शाही (अविराम)ले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रको गाउँपालिकाको अधिवेशन आगामी मंसिर ११ गते देश व्यापी हुने भएकाले त्यसका लागि मंगलबार जिल्ला पार्टी समयन्वय समितीको बैठक सञ्चालन भएको सचिवालय सदस्य शाहीले जानकारी दिए ।
मंसिरमा वडा तथा पालिका अधिवेशन हुने भएकाले त्यसको तयारीका लागि आजको बैठक सन्चालन भएको हो । सातवटा गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा रहेका छन् । एकसाथ सर्वसहमतिबाट अधिवेशन सम्पन्न गर्नको लागि आजको बैठक सञ्चालन भएको हो ।
गाउँपालिका अभिवेशन सम्पन्न गरेर पुस १३ गते देखि पुस १७ गतेसम्म पार्टीको महाधिवेशनको तयारीका लागि बैठक केन्द्रित रहेको बताइएको छ । जिल्ला पार्टी समन्वय माओवादीको बैठकका लागि केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्मा, कर्णाली प्रदेश योजना आयोगका सदस्य दिपेन्द्र रोकाया, नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रिय सल्लाहकार छिरिङ दम्डोल लामा (कार्चेन), पुर्व सांसद छिमि दोर्जे लामा (आशाकर)लगायतको उपस्थितीमा कैठक सन्चालन भएको हो । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय भण्डारी प्रतिरोध, जिल्ला अध्यक्ष लालकेश जैसि लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।